१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारको राष्ट्रिय सम्मेलन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १७:१३:००

सर्वोच्च र उच्च अदालतका रजिष्ट्रार तथा अदालतका स्रेस्तेदार र तहसिलदारहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । 

भर्चुअल माध्यमबाट यही मंसिर ८ र ९ मा देशभरका अदालतमा कार्यरत उल्लिखित पदहरूमा रहेका सबैको पहिलोपल्ट राष्ट्रिय सम्मेलन हुन गइरहेको सर्वोच्च अदालतले जनाएको छ । 

बिहीबार एक सूचना जारी गर्दै ‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन : हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ सम्मेलन आयोजना हुन गइरहेको बताइएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त कार्यक्रमको उद्घाटन गर्नेछन् । 

न्यायालयमा प्रशासनको भूमिका, फैसला कार्यान्वयनको अवस्था, अदालत व्यवस्थापनको प्रभावकारिताजस्ता विषयमा छलफल हुने सूचनामा उल्लेख छ । 

यसै आर्थिक वर्षको सुरुवातसँगै लागू भएको फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता, नयाँ संहिताहरूको कार्यान्वयनको अवस्था, न्यायपालिकाभित्रका सूचना प्रवाहमा प्रविधिको प्रयोगजस्ता विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ । 

मंसिर ९ मा घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ ।