मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर ४ बिहीबार १६:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा थप ६३ जनामा कोरोना पुष्टि, ७० जना डिस्चार्ज

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर ४ बिहीबार १६:२४:००

कर्णालीमा पछिल्लो २४ घन्टामा ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको हो । 

सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका चार, रुकुम पश्चिमका दुई र अन्य प्रदेशका दुईजनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

योसँगै कर्णालीमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या ६ हजार पाँच सय ६ पुगेको छ ।  

पछिल्लो २४ घन्टामा कर्णालीमा कोरोना संक्रमण निको भएर  ७० जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

‘सुर्खेतका ४७ जना र दैलेखका २३ जना निको भएर डिस्चार्ज भएका छन्,’ उनले भने, ‘योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँच हजार नाै सय ५८ पुगेको छ ।’

हाल कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय २० जना रहेको छ । उनीहरू कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।