मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ मङ्सिर ४ बिहीबार १६:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय जंगलमा नेपाली युवा मृत फेला

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ मङ्सिर ४ बिहीबार १६:०८:००

कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक नेपाली युवा भारतीय जंगलमा मृत फेला परेका छन् ।  

बुधबार घरदेखि हिँडेका पुनर्वास नगरपालिका– ५ उदरीका स्थानीय युवा शिवलाल राना मृत फेला  परेका हुन् । 

उनको छातीमा गहिरो चोट लागेको र उनीमाथि गोली प्रहार भएको स्थानीयले दाबी गरेका छन् । तर, प्रहरीले यसलाई पुष्टि गरेको छैन । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बिहीबार राना भारतीय जंगलमा मृत फेला परेको बताए । ‘राना मृत फेला परेको खबर आएको छ,’ उनले भने, ‘हाम्रो टोली र भारतीय प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।’

घटनाको कारण नखुलेको बताउँदै प्रवक्ता थापाले अनुसन्धान भइरहेको बताए । ‘घटना हाम्रो भूमिमा होइन,’ उनले भने, ‘भारतीय भूमिमा भएको हो, परिवारले प्रहरीलाई गरेको खबरको आधारमा प्रहरी घटनास्थल पुगेको छ।’
 
गोली नै चलाएको भए कसले वा किन चलाएको भन्नेबारेमा यकिन नभएको प्रवक्ता थापाले बताए ।