मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १३:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोभिड संक्रमणमुक्त हुने दर ९३.५२ प्रतिशत 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ४ बिहीबार १३:०२:००

भारतमा केही दिनयता कोरोना भाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घन्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार पाँच सय ७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यहाँ पाँच सय ८५ जनाको मृत्यु भएको छ । योसहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार पाँच सय ७८ जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म ८९ लाख ५८ हजारमा कोरोना संक्रमण पुष्टि भए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भइसकेका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल चार लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

मन्त्रालयका अनुसार १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ । भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार दुई सय सातजनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत् रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ । परिषद्का अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत रहेको छ ।