१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
थेरेस राफेल
२०७७ मङ्सिर ४ बिहीबार १०:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आगामी चुनौती र खोपका साइडइफेक्ट्स

Read Time : > 2 मिनेट
थेरेस राफेल
२०७७ मङ्सिर ४ बिहीबार १०:०५:००

कोभिड–१९को खोप अन्य खोपको तुलनामा कम सुरक्षा अनुगमनमै आउने भएकाले अनुगमनको विशेष महत्व छ

कोभिड–१९को खोपप्रति आममानिसमा विश्वास जगाउन साइडइफेक्ट्स पहिचान गर्नु आवश्यक हुनेछ । कोभिड–१९ का खोपहरूले परीक्षणको अन्तिम चरण पार गर्न लागेसँगै विभिन्न मुलुकका नियामक निकाय एवं आधिकारी खोप दिइएकामा खोपका साइडइफेक्ट्स (दुष्प्रभाव) अनुगमनको तयारीमा जुटेका छन् । खोपहरू सुरक्षित रहेको प्रमाणित भए पनि कोरोनाविरुद्धको खोप कार्यक्रमलाई सफल बनाउन आवश्यक उच्चस्तरको नागरिक सहभागिता सुनिश्चित गर्नका लागि खोपका साइडइफेक्टबारे हल्ला र अड्कलबाजी चिर्न सही सूचनाको प्रभावकारी प्रवाहन महत्वपूर्ण हुनेछ ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले खोप दिइएको पहिलो हप्तासम्म दैनिक र त्यसपछि ६ हप्ता हरेक हप्ता सन्देश (टेक्स्ट म्यासेज) पठाइराख्ने योजना बनाएको छ । त्यसैगरी, त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले चाहिँ खोपका साइडइफेक्ट्सको रियल टाइम अनुगमन गर्ने भएको छ । खोपको कार्यक्रम चलाउने वेलासम्ममा बेलायतले पनि यस्तैखाले अनुगमन प्रणाली अपनाउने सम्भावना छ । बेलायतको मेडिसिन्स् एन्ड हेल्थकेयर प्रडक्ट्स रेगुलेटरी एजेन्सीले खोपको साइडइफेक्टबारे ठूलो स्तरमा आउने गुनासाको सम्बोधन गर्ने, सहयोग गर्ने आर्टिफिसियल इन्टलिजेन्स सफ्टवेयर बनाउन युरोपियन युनियनको सार्वजनिक खरिद जर्नलमा द्रुत टेन्डर प्रकाशन गरेर आवटसोर्सिङ्ग कम्पनी जेनप्याक्टलाई २० लाख डलरको कन्ट्रयाक्ट दिएको छ ।

बेलायतले त्यहाँको मौजुदा प्रणाली नयाँ खोपका सम्भावित दुष्परिणामका ठूलो संख्यामा दर्ज हुने रिपोर्टका कारण अस्तव्यस्त हुन सक्ने र सबलीकरण गरेर पनि त्यसको सामना गर्न सकिने अवस्था नरहेकाले तत्कालै यस्तो सफ्टवेयर जरुरत परेको खुलाएको छ । नयाँ सफ्टवेयरको अभावमा कोभिड–१९को खोपका सुरक्षाको सवाललाई शीघ्रातिशीघ्र पहिचान गर्ने क्षमता गुम्न सक्छ । जसबाट बिरामीको जीवन एवं जनस्वास्थ्य प्रत्यक्ष खतरामा पर्न सक्छ । बेलायतले अहिलेका यी नवीन खोप अभूतपूर्व गति र व्यापकस्तरमा परिचालित हुन गइरहेको सन्दर्भमा विश्वभरका सरकारसामु प्रशस्त जोखिम प्रस्तुत गरेको पनि उक्त टेन्डरमा उल्लेख गरेको थियो । अन्य कुनै पनि नयाँ औषधि तथा खोपमा जस्तै यसका पनि अनपेक्षित व्यापक साइडइफेक्ट्स तब मात्र जानकारीमा आउनेछन्, जव ठूलो संख्यामा मानिसलाई खोप लगाइनेछ ।

मानिसलाई अहिले नै बुझाउने हो भने उनीहरू धेरै चिन्तित हुने र खोपको विरोधी हुने सम्भावना कम हुनेछ । भलै यी खोप आधुनिक युगका चमत्कार होलान्, तर खोपको विकासले होइन, खोप लगाउनाले मात्रै मानिसको जीवनको रक्षा गर्नेछ ।

तर, कुनै पनि प्रतिकूल असर दर्ज हुनुको अर्थ उक्त खोप सुरक्षित छैन भन्नेचाहिँ होइन । तर, साइडइफेक्ट पहिचानको प्रणालीले चिकित्सक, औषधि उत्पादक तथा नियामक सबैलाई उक्त औषधिको प्रभाव अनुगमन गर्न सहयोग गर्न सक्छ । कोभिड–१९का खोपहरू पहिलेका खोपको तुलनामा कम सुरक्षा अनुगमनमै आउने भएकाले पनि प्रभावकारी अनुगमनको विशेष महत्व छ । जनस्वास्थ्यको सुरक्षा सुनिश्चितताका लागि साइडइफेक्ट दर्ज, विश्लेषण एवं तत्काल पृष्ठपोषण दिनेखालको सुदृढ प्रणाली अत्यावश्यक हुन्छ । खोप लगाउने व्यक्ति र नियामक एवं अनुमगनकर्ता निकायबीच स्पष्ट सञ्चार स्थापनामार्फत यी नयाँ खोपमाथि विश्वासको निर्माण गर्न सकिन्छ । सामान्यतः अधिकांश साइडइफेक्ट खोप लगाएलगत्तै वा छोटो समयका लागि मात्रै देखा पर्छन् । थोरै प्रतिशत मानिस त कुनै पनि प्रचलित खोप वा दुखाइ कम गर्ने औषधिबाट समेत यस्तो अनुभव गर्न सक्छन् । अहिले यो संक्रामक भाइरसको प्रकोपबाट बच्न अधिकांश मानिस सम्भावित सानो स्तरको जोखिम स्वीकार गर्न तयार नै छन् । बेलायतको एलो कार्ड प्रणालीले प्रतिहजार खोपमा यसखाले एउटा रिपोर्ट प्राप्त गर्ने गरेको छ । तर, खोप लगाउने मानिसको संख्या वृद्धि भएर व्यापक बन्दै जाँदा दर्ज हुने साइडइफेक्टको संख्या सोही अनुपातले वृद्धि हुन सक्छ । कोभिडका खोपहरू सबैभन्दा पहिले वृद्धवृद्धा र कमजोर वर्गमा पुग्ने देखिँदै छ । यस्तोमा साइडइफेक्ट पनि बढी नै दर्ज हुन सक्नेछन् । 

खोपलाई लिएर अमेरिकामा अहिले पनि संशय छ । गत हप्ता लन्डन एसेम्बली हेल्थ कमिटीले गरेको एउटा सर्वेक्षणमा पाँचमध्ये तीन उत्तरदाताले खोप लगाउने बताएका थिए भने बाँकी अनिर्णीत वा सकारात्मक थिएनन् । यसखाले चिन्ता पूरै अविवेकपूर्ण भने छैनन् । पहिले–पहिले खोपको अनुमति प्राप्त गर्न नै दशक लाग्नेमा अहिले यति छिटो खोप आउनुले पनि आशंका उब्जाएको थियो । तर, अहिले नवीन एवं उन्नत प्रविधिका कारण पनि पहिलेको भन्दा छिटै खोप आउन सकेको हो । मोडेर्ना इन्क तथा फाइजर तथा बायोएनटेकले खोप विकासमा क्रान्ति नै गरेका छन् ।

यी सबै कुरा ध्यानमा राख्दै सरकारहरूले नागरिकलाई सुसूचित बनाउनु जरुरी छ । अहिलेसम्म साइडइफेक्ट खासै देखिएका छैनन् । मानिसलाई अहिले नै बुझाउने हो भने उनीहरू धेरै चिन्तित हुने र खोपको विरोधी हुने सम्भावना कम हुनेछ । भलै यी खोप आधुनिक युगका चमत्कार होलान्, तर खोपको विकासले होइन, खोप लगाउनाले मात्रै मानिसको जीवनको रक्षा गर्नेछ । आगामी वर्षको आधाउधीसम्ममा विश्वका एकतिहाइ मानिसलाई खोप लगाइसक्ने अपेक्षा गरिएको छ । यस्तोमा यो महाव्याधिलाई हराउन प्रभावकारी अनुगमन तथा पूर्ण पारदर्शिता अत्यावश्यक हुनेछ । 

(राफेल ब्लुमवर्गकी स्तम्भकार हुन्)
ब्लुमवर्गबाट