मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ३ बुधबार १८:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ३ बुधबार १८:१३:००

झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड– ६ मा भएको दुर्घनामा परी दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका– ३ का २४ वर्षीय कुशल लिम्बू र सोही ठाउँका ११ वर्षीय दिप्सन कँडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.२प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

सोही क्रममा अनियन्त्रित भएको ४८४७ नम्बरको मोटरसाइकललाई ना.६ख ३३५० नम्बरको ट्रक र को.१च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

दुर्घटनामा परी अनटेस्ट मोटरसाइकलका चालक अर्जुनधारा– ११ का गगन तामाङ र ४८४७ नम्बरको मोटरसाइकलको पछाडि सवार ३९ वर्षीया ३९ सवित्रा कँडेल घाइते भएका छन् । सावित्रा मृतक दिप्सनकी आमा हुन् ।

उनीहरू मोटरसाइकलमा लिफ्ट मागेर दिप्सनको आँखाको उपचार गर्न बिर्तामोड आएको प्रहरी निरीक्षक जबेगुले बताए । ‘सावित्राले छोराको आँखामा फोहोर पसेर उपचार गर्न लिफ्ट मागेर बिर्तामोड ल्याउनुभयो,’ उनले भने, ‘उपचार सकेर घर फर्कँदै गर्दा दुर्घटना भयो ।’