१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवले ओलीलाई सम्झाउँदै भने- एमालेका ती दिन सम्झिनुस्, आरोप आउँछन्, चिन्ता नगर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १७:३५:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकार र पार्टीको नेतृत्वको हैसियतमा अहिले लागेको आरोपबाट नआत्तिन र चिन्तित नहुन प्रधानमन्त्री केपी ओलीलाई सुझाब दिएका छन् ।

तत्कालीन एमाले-माले विभाजनताका भएको आरोप-प्रत्यारोप र महाधिवेशनका वेला हुने गरेका अन्तरविरोध र बहसहरूलाई सम्झिन ध्यानाकर्षण गराउँदै गौतमले चिन्ता नलिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

एमाले-माले विभाजनपछि तत्कालीन एमालेले गौतमलाई नेपालकै नम्बर वान भ्रष्टाचारी भन्दै खुल्लामञ्चबाट घोषणा गरेको थियो ।

फुटताकाको अन्तर्संघर्षमा एमालेले मालेलाई बासी गुटसम्मको आरोप लगाएको थियो भने मालेले एमालेलाई राष्ट्रघातीदेखि महाकाली बेचुवासम्मको आरोप लगाएको थियो । गौतमले ती दिनहरूतर्फ इंंगित गर्दै ओलीलाई चिन्ता नगर्न र शिक्षा लिन ध्यानाकर्षण गराएका हुन् । 

‘पार्टीमा आरोपहरू आउँछन्, प्रस्तावहरू पनि आउँछन् । प्रस्तावमा आरोपहरू पनि आउँछन् । हिजो एमालेमा पनि यस्ता आरोपहरू लाग्ने गरेको ती दिनहरू तपाईं सबै सम्झिनुस्,’ गौतमको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यसकारण आरोप ल्याइयो भन्दैमा चिन्ता गर्नुपर्ने कुरा केही पनि छैन । तपाईंले पनि आफ्ना कुरा (बेग्लै राजनीतिक दस्ताबेज) ल्याउन लाग्नुभो, बहस र छलफलका लागि त्यसले राम्रै गर्छ ।’