मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारकाे गम्भीर समीक्षा गर्न नेपालको प्रस्ताव, दाउपेच र संकट निवारणमा ढिलाइ नगर्न चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १६:५४:००

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गरेर गल्ती–कमजोरीहरू सच्याउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा नेपालले त्यस्तो प्रस्ताव गरेका हुन् । उनले सरकारले आधाभन्दा बढी कार्यकाल व्यतीत गरिसकेकाले पार्टीकै नेताहरूबीच दाउपेच गरेर शक्ति आर्जनका लागि ढिलाढाला गर्ने, पार्टीभित्र देखिएको संकट निवारणमा आलटाल गरेर समय लम्ब्याउने काम गरेमा पार्टीले गम्भीर क्षति व्यहाेर्ने चेतावनीसमेत दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।

‘उहाँले बैठकमा मुख्यत: चार कुरामा केन्द्रित रहेर आफ्ना धारणाहरू राख्नुभयो,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने, ‘पहिलो, पार्टीभित्र देखिएको संकट निवारणमा दाउपेच गरेर ढिलाढाला गर्ने, समय लम्ब्याउने काम नगरौँ, दोस्रो, केन्द्र सरकारका मन्त्रीहरू, प्रदेश सरकार र स्थानीय सरकारको कामको गम्भीर समीक्षा गरौंँ, तेस्रो, गल्ती–कमजोरी स्वीकार गरौँ र सच्याउँदै अघि बढौँ भन्ने कुरामा उहाँले जोड दिनुभयो।’ 

नेता नेपालले प्रधानमन्त्रीदेखि स्थानीय तहसम्मका सरकारका जनप्रतिनिधिलाई जनता र पार्टीप्रति उत्तरदायी बनाएर कार्यकर्ता र जनतामा देखिएको व्यापक निराशा चिर्दै आशाको सञ्चार गर्ने गरी काम देखाएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।