मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ३ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकीमा कोरोनाबाट थप तीनको निधन, मृतकको संख्या एक सय २७ पुग्याे  

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ३ बुधबार १६:३४:००

कास्कीका दुई र स्याङ्जाका एकजना गरी पोखरामा थप तीनजना कोरोना संक्रमितको निधन भएको छ । उनीहरूकाे उपचारको क्रममा मृत्यु भएको हाे ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाका ८३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज र ७८ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पुरुषमा २९ र महिलामा कात्तिक २७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै स्याङ्जा पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड– १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । उनमा २५ कात्तिकमा कोरोना सक्रमण पुष्टि भएको थियो । 

योसँगै कोरोनाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एक सय २७ पुगेको छ । गण्डकीका ११ जिल्लामध्ये कास्कीका ६२, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखा र बाग्लुङका आठ–आठ, म्याग्दीका तीन, पर्वत र लम्जुङका एक–एकजना छन् ।

गण्डकीमा बुधबार ४० जना संक्रमित थपिएका छन् । थपिएको संख्यासँगै गण्डकीमा कोरोना सक्रमितको संख्या १० हजार पाँच सय ३७ पुगेको छ ।