मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका 
२०७५ माघ २४ बिहीबार ०९:२०:००
Read Time : < 1 मिनेट
अर्थ

१० प्रतिशत विद्युत् चुहावट घट्यो प्राधिकरणलाई वार्षिक ७ अर्ब थप आम्दानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ माघ २४ बिहीबार ०९:२०:००

नेपाल विद्युत् प्राधिकरण करिब साढे दुई वर्षको अवधिमा करिब १० प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न सफल भएको छ । प्राधिकरणका अनुसार चालू आवको पहिलो ५ महिनामा १४.४५ प्रतिशत रहेको छ । २०७३ भदौमा प्राधिकरणको विद्युत् चहावट औसतमा २५.७८ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने, ‘आव २०७३/७४ मा २२.९, ०७४/७५ मा २०.४५ र चालू आवको पाँच महिनामै १५.४५ प्रतिशतमा चुहावट सीमित गर्न सफल भयौँ ।’ उनका अनुसार प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्नेछ ।  

गृह, ऊर्जामन्त्री तथा सचिव, प्रहरी महानिरीक्षकलगायतको बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापक रूपमा परिचालन गर्ने निर्णय गरेको थियो । ‘विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूबाट निरन्तर साथ र सहयोग पाइरहेका छौँ, सबैको संयुक्त प्रयासले मात्र यो अभियान सफल हुनेछ,’ घिसिङले भने । 

१० हजार ट्रान्सफर्मर थपिने 
दुई वर्षमा ५ हजार ट्रान्सफर्मर थप गरेको प्राधिकरणले अबको एक वर्षमा थप १० हजार थप गर्ने लक्ष्य राखेको छ । दुई वर्षमा करिब १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेको र एक वर्षभित्र करिब २ हजार ६ सय मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।