१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ३ बुधबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमा सुरक्षामा खटिएको हिल्सा प्रहरीचौकीबाट प्रहरी सदरमुकाम फर्किए

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ३ बुधबार १४:३२:००

चीन–नेपाल सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साको टोली सदरमुकाम सिमकोट फर्किएको छ । 

चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको हो ।  

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा रहेको प्रहरीचौकी चिसो माइनस पुगेपछि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक  सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

प्रहरी नायव निरीक्षक जंगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।  

सीमा सुरक्षामा खटिएको हिमालपारिको सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको भए पनि हिल्सा नाकामा खटिएको प्रहरीचौकी मंगलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ ।

सीमा छोडेर सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेछन् । 

सशस्त्र प्रहरी हिल्सा सीमामै रहने
चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा चिसो बढे पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बिओपी टोली सुरक्षामै बसेको छ  । 

नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका र चीनको सीमानाकामा सशस्त्रका निरीक्षक सुरज केसीको नेतृत्वको २२ जना टोली हिउँदको समयमा पनि हिल्सामै बस्ने भएको छ । 

सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक केसीको नेतृत्वको २२ जना र १२ जना स्थानीय मात्रै हाल हिल्सा नाकामा बसेका छन् ।