मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १३:४३:००
Read Time : < 1 मिनेट
विश्व

मोदी र बाइडेनबीच फोनवार्ता, कोरोना महामारी नियन्त्रण र  सहकार्यका विषयमा छलफल 

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १३:४३:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि सधैँ  तयार रहेको बताएका थिए । मंगलबार भएको कुराकानीमा उनले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सँगसँगै मिलेर काम गर्न चाहेको बताएका थिए । 

भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउन रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिएका थिए ।   

‘मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु । फोनवार्ताका क्रममा सहकार्य र आपसी सम्बन्धलाई अझ बलियो बनाउनेबारेमा पनि सकारात्मक छलफल भएको छ,’ मोदीले ट्विटरमा लेखेका छन् । 

विगतका सहमति तथा सम्झौता, कोरोना भाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्रलगायत विषयमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् ।  

उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिएका छन् । उनी विजयी हुनुले अमेरिका र भारतको सम्बन्ध र सहकार्यलाई थप सहज र सशक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् ।