मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वासिंटन
२०७७ मङ्सिर ३ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी निर्वाचनमा धाँधली नभएको भन्ने साइबर सेक्युरिटी प्रमुख क्रयाब्सलाई राष्ट्रपति ट्रम्पले हटाए

Read Time : < 1 मिनेट
वासिंटन
२०७७ मङ्सिर ३ बुधबार १३:१६:००

हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली नभएको बताउँदै आएका साइबर सेक्युरिटी प्रमुख क्रिस्टोफर क्रयाब्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाएका छन् । क्रयाब्सले अमेरिकी राष्ट्रपति निर्वाचनलाई सबै प्रकारको साइबर आक्रमणबाट जोगाएमा प्रशंसा हुँदै आएको थियो ।

साइबर सेक्युरिटी एन्ड इन्फ्रास्टक्चर सेक्युरिटी प्रमुख क्रयाब्सविरुद्ध ट्विटरमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उनको अमेरिकी राष्टपति निर्वाचन गल्तीरहित भन्नु पूर्ण तथ्यविहीन हो ।’ क्रयाब्सद्वारा सञ्चालित एजेन्सी सिआइएसए सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका सुरु भएको थियो । 

निर्वाचन राम्रोसँग सञ्चालन गरेको भन्दै निर्वाचनपछि  डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीकै नेताहरूले क्रयाब्सको प्रशंसा गरेका थिए । विशेषगरी राष्ट्रपतिकै दबाब र अन्तर्राष्ट्रिय ह्याकरहरूबाट उनले निर्वाचन र भोटलाई जोगाएको ती नेताहरूको भनाइ थियो । 

यस्तै निर्वाचनमा धाँधली भएको भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको विरुद्धमा क्रयाब्सले पछिल्लो समय पटकपटक विरोध जनाउँदै पनि आएका थिए । मंगलबार मात्रै पनि उनले ५९ जना निर्वाचन सुरक्षा विज्ञहरूको भनाइ जोड दिँदै निर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभेटिएको दोहोऱ्याएका थिए । उनको ट्विटरलगत्तै राष्ट्रपति ट्रम्पले क्रयाब्सलाई पदबाट हटाएको जानकारी दिएका थिए । ट्रम्पको ट्विट छ, ‘तत्कालै कार्यान्वयन हुने गरी साइबर सेक्युरिटी एन्ड इन्फ्राइन्स्टक्चर सेक्युरिटी एजेन्सीका प्रमुख क्रिस क्रयाब्सलाई हटाइएको छ ।’

ट्रम्पको ट्विटपछि उनले सेवा गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै आफूले जे गरेको हो त्यो ठीक गरेको जनाएका छन् ।