Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार ०७:२२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको सुधारिएको प्रदर्शन : बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार ०७:२२:००

नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सुधारिएको प्रदर्शन गरेको छ । पहिलो खेलमा २–० को पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा मंगलबार उही टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । 

बंगलादेशको बंगबन्धु रंगशालामा भएको दोस्रो खेलमा नेपालले रक्षापंक्ति, मिडफिल्ड र अग्रपंक्तिमा सुधारिएको प्रदर्शन गरेको हो । खेलको इन्जुरी समयमा एउटा प्रहार ‘साइड बार’मा लागेर फर्कंदा नेपाल स्पष्ट जितबाट वञ्चित भएको थियो । नवयुग श्रेष्ठको प्रहार दोस्रो साइड बारमा लागेर फर्किएको थियो ।

बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पूजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका छन् । नेपालका लागि विभिन्‍न उमेर समूहमा खेलिसकेका छिरिङ घरेलु लिग च्यासल युवा क्लबबाट खेल्दै आएका छन् । पूजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । सेसेहाङले ७२औँ मिनेटमा डेब्यु गरे । उनले विकास खवासको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

यससँगै दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोली एक पराजय र एक बराबरीको नतिजासहित घर फर्कने भएको छ । समग्रमा नतिजा सुखद नरहे पनि बंगलादेश भ्रमणले नेपाली फुटबलको गतिविधि अघि बढेको संकेत गरेको छ ।

गत चैतमा कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि कुनै पनि खेलमा नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । कोरोना महामारी सुरु भएपछि नेपालमा खेलकुद गतिविधि नै लगभग ठप्प बनेको थियो । खेलाडीको प्रशिक्षणसमेत ठप्प बनेको थियो । बंगलादेश फुटबल संघले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएपछि नेपाली टोली झन्डै महिना दिनको तयारीमा त्यसतर्फ प्रस्थान गरेको हो ।