१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २ मंगलबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शीतलनिवास पुगे प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २ मंगलबार १८:२६:००

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । पार्टीभित्र विवाद चुलिएका वेला प्रचण्ड शीतलनिवास गएका हुन् । 

विवाद बढ्दै जाँदा सचिवालय बैठकसमेत अन्योलमा परेको छ । यसअघि सचिवालयको बैठक बुधबार बस्ने गरी स्थगित भएको थियो । 

सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने अर्का अध्यक्ष केपी ओली पक्षले बताएको छ भने बैठकबाटै अगाडि बढ्नुपर्ने अडान प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छ । 

नेकपामा विवाद भएको वेला राष्ट्रपति भण्डारीले नेताहरूलाई शीतलनिवास बोलाउने गरेकी छिन् । पार्टीको विषयमा राष्ट्रपति भण्डारीकाे सक्रियता देखिएको भन्दै आलोचनासमेत हुने गरेको छ । 

यसअघि मंगलबार नै प्रचण्डसँग नेकपाका महासचिव विष्णु पौडेलले छलफल गरेका थिए ।