मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ मङ्सिर २ मंगलबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व

बर्डफ्लु नियन्त्रण गर्न डेनमार्कले २५ हजार कुखुरा माऱ्याे

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर २ मंगलबार १६:२६:००

बर्डफ्लु महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौँ कुखुरा मारिएको छ । देशको जुटल्यान्डमा झन्डै २५ हजार कुखुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्लु फैलिन सक्ने देखिएपछि कुखुरा मारिएको हो । दुईवटा क्षेत्रका कुखुरामा त्यस्तो खतरा देखिएको अधिकारीहरूले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ । 

डेनमार्कको जुटल्यान्ड क्षेत्रमा यही महिनाको सुरुमा यसअघि पनि बर्डफ्लुको संक्रमण देखिएको थियो । यो रोग युरोपका अन्य देशमा पनि पछिल्लो समयमा पुनः फैलिन थालेको छ । विशेष गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ । 

संक्रमण देखिएका अन्य देशहरूमा पनि कुखुरा मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिनेलगायतका उच्च सतर्कता अपनाउने गरिएको छ ।