मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७७ मङ्सिर २ मंगलबार १६:१७:००
Read Time : < 1 मिनेट
विश्व

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर २ मंगलबार १६:१७:००

रेडक्रस सोसाइटीले जलवायु परिवर्तन समस्यासँग जुझ्न विश्वले कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नुपर्ने चेतावनी दिएको छ । कोभिड– १९ महामारीले भन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले मंगलबार जनाएको छ । 

‘अहिले कोरोना भाइरसको महामारी भए पनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,’ रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड– १९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनाशका करिब सय घटनाहरू भएका र तीमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् । ती संकटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् ।

आइएफआरसीका महासचिव जागन चापागाईंले भर्चुअल प्रेस कन्फरेन्समा भने, ‘पक्कै पनि, अहिले कोभिड– १९ को महामारीले विश्व आक्रान्त छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्रा परिवार तथा आफन्तलाई प्रभावित तुल्याएको छ ।’

उनले विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर भएको बताए । यसका कारण १३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उनले थपे, ‘आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् ।’
कोभिड– १९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन्, तर दुर्भाग्यको कुरा जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन । उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने सुझाब पनि दिए ।