मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २९ शनिबार १३:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आगामी अप्रिलसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने ट्रम्पकाे दाबी 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २९ शनिबार १३:३५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् । 

उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताएका हुन् । ट्रम्पले  अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलोपटक यो सार्वजनिक रूपमा मन्तव्य दिका थिए । 

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएका थिए । त्यस कार्यक्रममा उनले भने, ‘आगामी अप्रिल महिनासम्ममा सबै अमेरिकी नागरिकलाई यो खोप दिइनेछ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिइनेछ ।’

त्यसपछि यहाँका वृद्धवृद्धाहरू र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि  राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड– १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए । 

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिएका थिए । 

निर्वाचनमा आफ्नो पराजयपछि विभिन्न अभिव्यक्ति दिँदै आएका उनले यो सम्बोधनमा भने कुनै प्रतिक्रिया दिएनन् ।