मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २९ शनिबार ११:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच लाख ५५ हजारको पटाका नष्ट, लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २९ शनिबार ११:५१:००

दीपावली र छठ पर्वमा प्रयोग गर्न भारतबाट अवैध रूपमा भित्र्याएको ठूलो परिमाणमा पटाकासहितका सामग्री प्रहरीले बरामद गरी नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र मातहतका अन्य प्रहरी इकाइहरूले ठूलो परिमाणमा पटाका बरामद गरेको हो । 

नागिन पटाका १५० बन्डल, झिरझिरी ३०० प्याकेट, चक्रबम २०० प्याकेट, आलुबम ३०० प्याकेट, चकलेट बम ३७५ प्याकेट, बिजुली बम १५० प्याकेट, रकेट बम २२० प्याकेट र फूलझरी ४२० प्याकेट बरामद गरेको छ । 

बरामद गरिएका पटाकासहितका सामग्री करिब पाँच लाख ५५ हजार पाँच सय मूल्यको भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए । 

बरामद गरिएका पटाकाहरू जनप्रतिनिधि, प्रशासन कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्टो पानीमा भिजाएर नष्ट गरिएको प्रवक्ता शर्माले बताए ।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीले भारतबाट लागुऔषध लिएर आउँदै गरेका तीन युवकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– ८ हनुमाननगरका २७ वर्षीय कुशेश्वर शर्मा, सुखीपुर नगरपालिका– ७ का २२ वर्षीय सन्जु राय र १८ वर्षीय रुपेश साह रहेको प्रहरीले जनाएको छ ।

शर्माले प्रतिबन्धित लागुऔषध नाइट्रोभेट नाै पत्ता (२७० पिस), राय र साहले स.९प २०१ नम्बरको मोटरसाइकलमा नाइट्रोभेट २० पत्ता (६०० पिस) लिएर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको प्रवक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।