मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी जेरुसलेम
२०७७ कार्तिक २८ शुक्रबार १३:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना, सात सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी जेरुसलेम
२०७७ कार्तिक २८ शुक्रबार १३:२२:००

इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । 

इजिप्टको सिनाई प्रायद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकाेप्टर दुर्घटना भएको हो । प्राप्त समाचारअनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् । 

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरूको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरू सबै अमेरिकी रहेका छन् । 

केन्द्रले इजिप्टको लालसागरको तटीय पर्यटकीय सहर शार्म एल–शेखनजिक हेलिकाेप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको छ । 
एकजना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकाेप्टर इजिप्टको सीमाभन्दा बाहिर लालसागरमा दुर्घटना भएको थियो । 

घाइते सैनिकलाई उद्धार गरी इजरायलस्थित सहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकाेप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।