१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २८ शुक्रबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गम्भीरखाले यौन हिंसाका घटनामा मेलमिलाप गरिनु गलत : कानुनमन्त्री तुम्बाहाङ्फे

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २८ शुक्रबार १२:४०:००

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गम्भीरखाले यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गराउनु गलत भएको बताएकी छिन् । 

यस्ताखाले प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको उनको भनाइ छ । 

यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् । 

खासगरी बलात्कार जन्य घटनाहरूमा समाजभित्रै मेलमिलाप गर्ने गरिएको पाइएको र यसले यौन हिंसासम्बन्धी घटनाहरूलाई समाजभित्रै मेलमिलाप गर्नुहुँदैन भन्ने व्यवस्था ऐन–कानुनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । 

मेलमिलाप गराउने वा गर्नका लागि उत्साहित गर्ने व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ छ । 

स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नुहुँदैन भन्ने जानकारी भएको, तर यस्ता घटनाहरू न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको बताइन् । 

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नुहुँदैन भन्ने सन्देश सञ्चारमाध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । 

कडा प्रकृतिका सजाय दिने व्यवस्था कानुनमा गर्दैमा घटना कम हन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ । 

यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भए पनि संविधानमा भएको व्यवस्थाअनुरूप नेपालमा कुनै पनि घटनामा मृत्युदण्ड दिने कानुन निर्माण गर्न नमिल्ने बताइन् ।