मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २८ शुक्रबार १२:१४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बैतडी बस दुर्घटना : घाइते र मृतकको पहिचान {अपडेट}

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २८ शुक्रबार १२:१४:००

बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा बस दुर्घटनामा परी निधन भएका नाैजनाको सनाखत भएको छ । साथै ३४ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा बैतडीका  तीनजना, दार्चुला, कैलाली र कञ्चनपुरका दुई–दुईजना रहेका छन् ।  

दुर्घटनामा परी बैतडीको दोगडाकेदार गाउँपालिका– ६ का रणबहादुर चन्द, कवीन्द्र जोशी र २७ वर्षीय करनसिंह ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मृत्यु भएका चन्द नेपाल प्रहरीमा कार्यरत हुन् भने जोसी दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।  

यस्तै मृत्यु हुनेमा दार्चुलाका दुईजना रहेका छन् । मालिकार्जुन गाउँपालिका– ५ डाँडाकोटका ४० वर्षीय जगन्नाथ ओझा, लेकम गाउँपालिका खरकडाका तर्कराज गिरी रहेका छन् । 

कञ्चनपुरका पनि दुईजनाको मृत्यु भएको छ ।  
भीमदत्त नगरपालिका– ८ की कृतिका कार्की र भीमदत्त नगरपालिका– १० का विजनादेवी धामी रहेका छन् । 

यस्तै कैलालीका पनि दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १४ आदर्शटोलका ऋषिराम चौधरी र नरेन्द्र चौधरी रहेका छन् । 

यस्तै घाइते हुनेमा बैतडीका आठजना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठमाडाैंका तीनजना र अछामका एकजना गरी ३४ जना रहेका छन्  । 

बैतडीका आठ जना घाइते भएका छन्र । 

जिल्लाको दोगडाकेदार गाउँपालिका– ७ का २८ वर्षीय वीरेन्द्र कार्की, दोगडाकेदार गाउँपालिका २२ वर्षीय नितेश भट्ट, बैतडीको दोगडाकेदारका २२ वर्षीया विमला बडु जोसी र उनका छोरा सुशांक जोसी, बैतडीकै डिलाशैनी गाउँपालिका– १ का २० वर्षीय जनक धानुक, दोगडाकेदार गाउँपालिका– ७ का २७ वर्षीय अमृत विक, डिलाशैनी गाउँपालिका– ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, बैतडीको पुर्चाेडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार गरी आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यस्तै, घाइते हुनेमा दार्चुलाका ६ जना रहेका छन् । 

दार्चुलाको लेकम गाउँपालिका– २ का ५१ वर्षीय बलदेवसिंह कार्की, शैल्यशिर– ८ का २७ वर्षीय रमेश खत्री, मार्मा गाउँपालिका– २ की तीन वर्षीया सिम्रन सिंह, शैल्यशिखर नगरपालिका– ८ का धनसिंह खत्री, दार्चुलाकै मार्मा गाउँपालिका – २ का २४ वर्षीय जानकी सिंह रहेका छन् । नौगाड गाउँपालिका सप्टिका पुरुन टमाटा गरी ६ जना रहेका छ । 
यस्तै कञ्चनपुरका १० जना रहेका छन् । 

भीमदत्त नगरपालिका– २ का २५ वर्षीय दशरथ गिरी, शुक्लाफाँटा नगरपालिका– ६ का ६५ वर्षीय नर्मा धामी,  शुक्लाफाँटा– ६ का ५५ वर्षीय हर्कबहादुर धामी, बेलौरी नगरपालिका– ७ की २४ वर्षीया विमला कुँवर र उनका २ वर्षीय छोरा नितेश कुँवर, भीमदत्त नगरपालिका– ६ की २४ वर्षीया दीपा चन्द, भिमदत्त नगरपालिका– १ का ३५ वर्षीय नरेश पन्त, बेलडाँडी– ३ का नरेन्द्रसिंह सावद, भीमदत्त– ८ की ३० वर्षीया कल्पना कार्की, सोही ठाउँका ६ वर्षीय कौशल सावद गरी १० जना रहेका छन् । 

यसैगरी कैलालीका ६ जना घाइते भएका छ । फूलबारीका १८का ३५ वर्षीय दिनेश चौधरी र सोही ठाउँका २२ वर्षीय विशाल घर्तीमगर, गोदावरी नगरपालिका– २ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी– ३ का वेदप्रकाश धामी, गौरीगंगा नगरपालिका– ११ का २५ वर्षीय वीरेन्द्र चौधरी, फूलबारीका २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६  जना घाइते भएका हुन् । 

यसैगरी काठमाडाैंका १९ वर्षीय अजी लामा, काठमाडाैं गोकर्णेश्वर– ४ का कर्णबहादुर विष्ट  र २२ वर्षीया अस्मिता विष्ट रहेका छन् । 

यसैगरी अछामको चौरपाटी– ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन् । 

दार्चुलाको गन्नादेखि महेन्द्रगरका लागि छुटेको पवनदूत यतायातको ना.५ख ५१४१ नम्बरको बस खोडपे बजारनजिकै बिहीबार राति १०ः२५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी आठजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।   

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।