मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक २८ शुक्रबार ०८:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा नक्कली नोट छाप्ने मेसिनसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक २८ शुक्रबार ०८:५१:००

सिराहाको गोलबजारबाट  सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका– १२ बस्ने  धीरज यादव, सञ्जय राय र कल्याणपुर नगरपालिका – नं.७ बस्ने विमलेन्द्रकुमार नायक छन् ।

उनीहरूको साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोटसमेत बरामद भएको सशस्त्र प्रहरीका प्रदेश २ कार्यालय महोत्तरीले जनाएको छ । गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेसले वडा नं. ६ स्थित वीरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्क्ली नोट, नक्कली नोट छाप्ने मेसिन, एक ल्यापटप र मोटरसाइकलसमेत बरामद गरेको हाे  ।

लागुऔषध कारोबारी हुन सक्ने आशंकाका साथ बेस क्याम्पका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापा खानतलासीका लागि उक्त स्थानमा पुग्दा  एक हजार दरका एक सय चार तयारी जाली नोट र पाँच सय ४० जाली नोट ए फोर साइजको कागजमा छपाइ गरी कटिङका लागि तयारी हालतमा राखिएको बरामद भएको थियो ।

बरामद जाली नोट, नोट छाप्ने मेसिन र उक्त कार्यमा संलग्न तीनजनालाई कानुनी प्रक्रिया पूरा गर्न र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली बोलाएर  बुझाइएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यले जानकारी दिए ।