मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २८ शुक्रबार ०६:४०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी राष्ट्रपति निर्वाचनका रोचक पक्ष

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २८ शुक्रबार ०६:४०:००

डेमोक्रेटिक पार्टीका जो वाइडेन अमेरिकाका राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । अमेरिकी इतिहासमै उनले सबैभन्दा बढी जनताको पपुलर मत र इलेक्टोरल कलेज मत पाए । उनका प्रत्यासी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भए ।

अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचनले धेरै अर्थमा इतिहास रचेको छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका वाइडेन फ्लोरिडामा पराजित भए पनि राष्ट्रपतिमा निर्वाचन हुन सफल भए । फ्लोरिडामा विजयी भएका ट्रम्पले परम्परालाई निरन्तरता दिन सकेनन् । फ्लोरिडामा निर्वाचन हुने व्यक्ति नै राष्ट्रपति बन्ने गरेको इतिहास छ । यसपटक वाइडेनले त्यो परम्परा तोडेका छन् । इतिहासमै पहिलोपटक महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । 

कमला ह्यारिस : तीन कीर्तिमान
अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले इतिहास रच्न सफल भइन् । उपराष्ट्रपति पदमा निर्वाचित हुँदा उनका नाममा तीनवटा रेकर्ड बने । एसियन महिला उपराष्ट्रपति, प्रथम महिला उपराष्ट्रपति र कालो वर्णकी उपराष्ट्रपति । पहिलो महिला उपराष्ट्रपति, उनी कालो वर्णबाट सो पद सम्हाल्ने पहिलो व्यक्ति तथा दक्षिण एसियाबाट अमेरिकाको दोस्रो उच्च पदमा पुग्ने पहिलो महिला बनेकी छिन् । उनका बाबु जमैकन तथा आमा भारतीयमूलकी हुन् । कालो वर्णबाट क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै सिनेटर बन्ने उनी पहिलो व्यक्ति हुन् । यो उपलब्धि हासिल गर्ने उनी एक मात्र दक्षिण एसियन महिला हुन् । 

डोनाल्ड ट्रम्प : अझै परिणाम अस्वीकार
अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा सबै क्षेत्रमा असफलता हात पारेका छन् । निर्वाचन विशेषतः तीन क्षेत्र महत्व मानिएको छ । पहिलो, ट्रम्पले जनताबाट पपुरल भोटिङ प्राप्त गर्न सकेनन् । उनी लगातार दुईपटक राष्ट्रपतिमा निर्वाचित हुन सकेनन् । उनी महाअभियोगबाट मुक्त हुन पाएनन् । २०१९ मा युक्रेनमा हस्तक्षेप गरेको र गोप्य सूचना बाँडेको भनी ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले २०१९ डिसेम्बरमा महाअभियोग लगाएको थियो । निर्वाचनमा पपुलर मत जित्न नसक्ने उनी पाँचौँ राष्ट्रपति बनेका छन् । २००० मा जर्ज डब्लू बुसपछि ट्रम्प नै पपुरल मत प्राप्त गर्न नसक्ने राष्ट्रपति बनेका छन् । 

जो वाइडेन निर्वाचित भएपछि ट्रम्पले परिणाम स्विकार गर्न अझै सकेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । निर्वाचनको एकदिनअघिसम्म पनि उनले निर्वाचनमा आपूmलाई शंका लागेको टिप्पणी गरेका थिए । ‘यदि म पराजित भएँ भने निर्वाचनप्रति शंका रहनेछ,’ ट्रम्पले भनेका थिए । ट्रम्पले डेमोक्रेटिक पार्टी तथा वाइडेनविरुद्ध दर्जनौँ आरोप लगाए पनि कुनै प्रमाण जुटाउन सकेका छैनन् । यो केवल उनको वाक्युद्ध मात्र हो ।

सय वर्षको इतिहासमा राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले विजयी हुने राष्ट्रपतिलाई बधाई दिने परम्परा छ । तर, ट्रम्पले सय वर्षको इतिहास तोडेका छन् । उनले फेयरवेल स्पिचसम्म दिएका छैनन् । सन् १९८६ मा डेमोक्रेटिक पार्टीका जो ब्रायनले रिपब्लिकनका विलियम म्याकिन्लयलाई दुई दिनपछि बधाई दिएका थिए । 

डग्लास इम्होफ : सेकेन्ड जेन्टलम्यान
उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग्लास इम्होफ हुन् । अमेरिकी इतिहासमा डग्लास दोस्रो जेन्टलम्यान बन्ने पहिलो व्यक्ति हुन् । उपराष्ट्रपति पद सम्हाल्ने कालो तथा उनका श्रीमान् सेतो वर्ण भएको यो नै पहिलोपटक हो । अमेरिकाको माथिल्लो पदमा रहने व्यक्तिको दाम्पत्यमा यस्तो मिश्रित वर्ण कमै मात्र हुने गरेको छ । निर्वाचनमा डग्लासले श्रीमती कमलाको क्याम्पिनिङ गोप्य रूपमा गरेका थिए । उनले सबैजसो सामाजिक सञ्जालमा श्रीमती कमलालाई मतदान गर्न आग्रह गरेका थिए । डग्लासले मिडियासम्बन्धी कानुनी अध्ययनमा दक्षता हासिल गरेका छन् । यसैगरी, खेलकुद र मनोरञ्जनका कानुनी क्षेत्रमा उनको अनुभव राम्रो छ । कमला र डग्लासले २०१४ मा विवाह गरेका थिए । 

जिल वाइडेन : फस्ट लेडी र शिक्षण पेसा
जो वाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनकी श्रीमती जिल वाइडेन स्वतः फस्ट लेडी बनेकी छिन् । यद्यपि फस्ट लेडी पद पाए पनि जिलले आफ्नो कर्मक्षेत्र नत्याग्ने भएकी छिन् । जिल शिक्षिका हुन् । उनले आफू अमेरिकाको फस्ट लेडी भए पनि यो पेसा त्याग्न नसक्ने बताएकी छिन् । जिलले फुल टाइम नै शिक्षण क्षेत्रमै समय बिताउने बताएकी छिन् । गत अगस्टमा जेलिले सिबिएस न्युज च्यानलमा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म अमेरिकी जनतालाई एक शिक्षक वा शिक्षिकाको महत्व बुझाउन चाहन्छु, मलाई थाहा छ, उनीहरूको योगदान धेरै छ ।’

न्यु मेक्सिको : सबै महिला प्रतिनिधि
३ नोभेम्बरमा भएको निर्वाचनले न्यु मेक्सिको राज्यबाट पहिलोपटक प्रतिनिधित्व गर्ने सबै व्यक्ति महिला नै भएको स्पष्ट पारेको छ । डेमोक्रेटिक डेव हालान्ड, रिपब्लिकनकी भेटे हेरेल तथा डेमोक्रेटिक टेरेसा लेगर फर्नान्डेस सबै नेटिभ अमेरिकन हुन् । 

संघीय सरकारका प्रतिनिधिमा नयाँ कीर्तिमान
यसपटकको निर्वाचनमा धेरै आश्चर्यजनक नतिजा आएको छ । निर्वाचनमा सहभागी उम्मेदवारले इतिहास बनाएका छन् । साइथिन लुमिन्स (रिपब्लिनं) पहिलो योमिग्स महिला सेनेटर बनेकी छिन् । डेमोक्रेटिक किम ज्याक्सन जर्सिया राज्यबाट पहिलोपटक सेनेटर बने । कोरी बुस (डेमोक्रेटिक)की पहिलो कालो वर्णकी कंग्रेस महिला भइन् । मारिलिन स्ट्रिकल्यान्ड (डेमोक्रयाट)का पहिलो दक्षिण कोरिया–अमेरिकन महिलाका रूपमा कंग्रेसमा निर्वाचित भइन् । उनी वासिंटन राज्यबाट पहिलो कालो वर्णकी कंग्रेस प्रतिनिधिका रूपमा रहनेछिन् । 

ह्वाइट हाउसमा भित्रिँदै जर्मन सेफर्ड
ह्वाइट हाउसमा फेरि एकपटक कुकुर फर्कने भएको छ । नवनिर्वाचित राष्ट्रपति वाइडेनले जर्मन सेफर्ड प्रजातिको दुई कुकुर पालेका छन् । राष्ट्रपतिका रूपमा वाइडेनले पहिलोपटक ह्वाइट हाउसमै जर्मन सेफर्डका लागि पेट हाउस बनाउने भएका छन् । सन् २००८ देखि ती कुकुर वाइडेनसँगै छन् । 
 एजेन्सीको सहयोगमा