मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमरराज भट्टराई बैतडी
२०७७ कार्तिक २८ शुक्रबार ०६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा बस दुर्घटना हुँदा नौको मृत्यु, ३४ घाइते    

Read Time : < 1 मिनेट
अमरराज भट्टराई बैतडी
२०७७ कार्तिक २८ शुक्रबार ०६:०६:००

बैतडीको खोडपेमा यात्रुबाहक बस दुर्घटना हुँदा नाैजनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नादेखि महेन्द्नगरका लागि छुटेको पवनदूत यातायातको ना.५ख ५१४१ नम्बरको बस खोडपे बजारनजिकै गएराति १०:२५ बजे दुर्घटना हुँदा आठजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

तीनजनाको मात्र सनाखत

मृत्यु भएकामध्ये तीनजनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकानिवासी १५ वर्षीया कृतिका कार्की, बैतडीको दुगडा केदार गाउँपालिका- ६ निवासी २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द र सोही गाउँपालिकानिवासी २७ वर्षीय करणसिंह ऐरको सनाखत भएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरी चन्द्रदेव भट्टले जानकारी दिए । 

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सातजना पुरुष र दुईजना महिला रहेकाे  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतक नाैजनामध्ये ६ जनाको सनाखत हुन बाँकी छ । 

घाइतेमध्ये सातजनालाई धनगढी रेफर गरिएको छ । बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालकसमेत  घाइते भएको प्रहरीले जनाएको छ । बस सडकबाट चार सय ५० मिटर तल खसेको छ  । दुर्घटनाको कारण खुल्न सकेको  छैन ।