मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २७ बिहीबार १८:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ लाख ८४ हजार नक्कली नोटसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २७ बिहीबार १८:५८:००

सिरहा प्रहरीले नक्कली नोट छाप्ने एक गिरोहलाई गोलबजारबाट पक्राउ गरेको छ । नक्कली नोट छाप्ने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवाल नेतृत्वको टोलीले गोलबजार नगरपालिका ६ मा वीरेन्द्र महतोको घरमा डेरा लिएर बस्दै आएका तीनजनालाई पक्राउ गरेको छ । 

सिराहाको कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धीरज राय र सोही ठाउँका २० वर्षीय सञ्जयकुमार राय पक्राउ परेका हुन् । 

प्रहरी टोलीले एक–एक हजारको तयार पारेको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, ल्यापटप एक थान, प्रिन्टर एक थान, स्केल एक थान, कैँची २ थान र मोटरसाइकल एक थान पनि बरामद गरेको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले बताए । 

सिराहामा नक्कली नेपाली नोट छाप्ने गिरोह र नक्कली छापिएको नोटसहित पक्राउ परेको घटना पहिलो भएको प्रहरी उपरीक्षक पञ्जियारले बताए । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पञ्जियारले बताए ।