मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक २७ बिहीबार १६:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

मेसी विश्वकप छनाेटका लागि खेल्न सक्छन् : अर्जेन्टिना

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक २७ बिहीबार १६:३७:००

अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्वकप फुटबल २०२२ को छनोट चरणअन्तर्गत पाराग्वे र पेरू दुवै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने बताएका छन् । लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको यस्तो भनाइ आएको हो ।

यसअघि बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनर्स आयर्सको ला बम्बोनेरामा पाराग्वेसँगको भिडन्तअगाडि अर्जेन्टिनाको टिमसँगै प्रशिक्षणमा सहभागी भएका छन् ।  बार्सिलोनामा स्कालोनीले भने, ‘मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दै छन् ।’  

शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले जितेको थियो । बार्सिलोनाका व्यवस्थापक रोनाल्ड कोम्यानले भने, ‘फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उनी स्वस्थ थिएनन् ।’ उनले मेसीको शारीरिक अवस्थाबारे विस्तृत विवरण पनि दिएका छैनन् ।

बिहीबार पाराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरूको राजधानी लिमा जानेछ । अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ ।