मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसीबारे खतिवडा भन्छन्- सहजीकरण गर्ने काममा मेरो भूमिका हुन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार १४:३६:००

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले एमसिसीबारे सहजीकरण गर्ने काममा आफ्नो भूमिका हुने बताएका छन् । राजदूत भएपछि आफूले परराष्ट्रको निर्देशन स्विकार्ने जिम्मवारी रहेको उनको भनाइ छ।

उनले भने, ‘अब परराष्ट्रले निर्देशन दिएपछि मात्रै मैले मान्ने हो। एमसिसीका कुरा उठेका छन्। यसबारेमा बुझाइ फरक छ भने बुझाउने मात्रै मैले गर्न सक्छु ।’

संसदीय सुनुवाइका क्रमामा खतिवडाले एमसिसीबारे भनेका छन्, ‘एमसिसी २०१० मा प्रवेश भयो ।  २०१७ मा एग्रिमेन्ट गऱ्याैँ र कार्यान्वयन योजना अगाडि बढाइयो । त्यहाँ भएका कतिपय प्रवाधान नेपालको कानुनसँग बाझिने हुन सक्ने कानुन मन्त्रालयबाट कुरा आएपछि अनुमोदनका लागि संसदमा छ। बुझाइको फरकले उठेका कुरा पनि छन् ।  त्यो बुझाउने काम मेरो हुनेछ । उहाँहरूले भन्नुभएको छ स्पष्ट पार्नुपर्ने कुराहरू पारौँला र नोट साटासाट गरेर मिलाउँला । हाम्रो नेपालमा विकासको मात्रै स्वार्थ हो, त्यसबाहेक अरू स्वार्थ होइन भन्ने उनीहरूको कुरा छ । उनीहरू नियमित सम्पर्कमा हुनुहुन्छ । सहजीकरण गर्ने काममा मेरो भूमिका हुन्छ । युएसआइडीको कुरा पनि छ । त्यो सहयोगलाई पनि राष्ट्रिय हित बनाउन थप प्रयास गर्नुपर्नेछ ।’