Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई
२०७७ कार्तिक २७ बिहीबार १२:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक २७ बिहीबार १२:५१:००

भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घन्टामा ४७ हजार नौ सय पाँचजना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित भारतमा कुल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घन्टामा मात्रै पाँच सय ५० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । भारतमा योसहित कुल मृत्यु हुनेको संख्या एक लाख २८ हजार एक सय २१ पुगेको छ । 

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या चार लाख ८९ हजार दुई सय ९४ रहेको छ । विगत २४ घन्टामा पाँच हजार तीन सय ६३ जना कोभिड– १९ संक्रमणबाट मुक्त भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमुना परीक्षण गरिएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले भारतको कोरोना संक्रमण नियन्त्रण र उपचारमा ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताएका छन् ।

उनले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरू, स्वास्थ्यमन्त्रीहरु र प्रमुख सचिवहरूसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणबारे छलफल गरेका छन् ।