१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २७ बिहीबार ०९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 गोली हानेर रौतहटमा एक युवतीको हत्या

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २७ बिहीबार ०९:०४:००

जिल्लाको माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहाका रामअयोधी साहकी १८ वर्षीया छोरी अमृताकुमारी साहको हत्या भएको हो ।

गएराति ११ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा साहको हत्या भएको स्थानीय  ओमप्रकाश यादवले बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरीकाे टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।