मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रको मनोबल बढाउने  काम गर्छौँ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २७ बिहीबार ०६:४४:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा अर्थमन्त्रीले यस्तो बताएका छन् । 

अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने बताए । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको उनले बताए । ‘सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्नुपर्छ र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान गर्न सकिन्छ,’ उनले भने । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योगहरू चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे । बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने उनले बताए ।

उक्त अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाबसमेत दिएको छ ।