मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक २६ बुधबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक पर्यटकीय सहर जनकपुरधाममा ‘बृहत् सरसफाइ’

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक २६ बुधबार १८:२४:००

तिहार र छठको अवसरमा धुनषास्थित जनकपुरधाम उपमहागरपालिकाले ‘बृहत् सरसफाइ’ आयोजना गरेको छ । उपमहानगरपालिकाले २५ वटै वडामा बुधबार एक्कैसाथ सरसफाइ कार्यक्रम आयोजना गरेको हो । 

बिहानैदेखि साँझसम्म २५ वटै वडामा सरसफाइ कार्यक्रम गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिए । सरसफाइ कार्यक्रममा उपमहानगरपालिका सम्पूर्ण कर्मचारी, वडा कार्यालयका कर्मचारी, नगर प्रहरी, जनप्रतिनिधि, नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकलगायतको उपस्थिति रहेको थियो । 

‘नियमित रूपमा हाम्रा सरसफाइ कर्मचारीले सरसफाइ गर्दै आएको भए पनि चाडपर्वलाई मध्यनजर गरेर बृहत् सरसफाइ आयोजना गरेका हौँ,’ मेयर साहले भने, ‘जनकपुरधाम धार्मिक पर्यटकीय सहर हो, यहाँ दीपावली तथा छठ पर्वमा स्वदेशी तथा विदेशी पर्यटक पनि सहभागी हुन्छन्, त्यसैले सबैमा राम्रो सन्देश जाओस् भन्ने उद्देश्यले पनि बृहत् सरसफाइको आयोजना गरेका हाैँ ।’

विगतको भन्दा सरसफाइमा उल्लेखनीय सुधार भएको दाबी गर्दै साहले भने, ‘अब पहिलाको जनकपुर रहेन, अब जनकपुरधाम भएको छ, यो मठमन्दिरको सहर हो, यहाँ दैनिक हजारौँ श्रद्धालु भक्तजन जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरमा दर्शन गर्न आउँछन् र यहाँको सरसफाइ देखेर खुसी भई फर्कछन् ।’