१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १७:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतले बाटाे खाेलेपछि गौतमले भने- वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १७:३७:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सबैप्रति आभार प्रकट गरेका छन् । 

गौतमले आभार प्रकट गर्दै लेखेको छन्, ‘राष्ट्रिय सभा सदस्य पदमा मेरो मनोनयन र शपथलगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान् अधिवक्ताहरूले दायर गर्नुभएको रिटउपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।

यसबीचमा मप्रति शुभेच्छा र सदभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान् कानुन व्यवसायी मित्रहरूप्रति म कृतज्ञ छु। वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन ।

हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको वेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरू क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताकापूर्वक उभिइरहने प्रण गर्दछु ।’