१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०७:२६:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारीको अस्थायी भर्ना लिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०७:२६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारी भर्ना गर्न प्रदेश मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्सलगायतका महत्वपूर्ण पद खाली हुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो बढेपछि  संघीय मन्त्रालयले समस्या समाधान गर्न प्रदेशलाई अनुमति दिएको हो ।

स्वास्थ्यसचिव केदारबहादुर अधिकारीका अनुसार चिकित्सक, नर्सहरू अध्ययन बिदामा गएका कारण स्वास्थ्यकर्मी अभाव भएको छ । उनीहरूको पद रिक्त भएको ठाउँमा अस्थायी रूपमा आवश्यक कर्मचारी लिन प्रदेशलाई निर्देशन दिएको अधिकारीले बताए । मन्त्रालयको निर्देशनसँगै अध्ययन बिदामा गएर खाली रहेको स्थानमा नयाँ भर्ना लिने बाटो खुलेको छ ।