मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार १८:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार १८:५१:००

सभामुख अग्नि सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यान बीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा सापकोटाले राजदूत जोलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिएका छन् । 

सापकोटाले नेपाल सम्पूर्ण रूपमा कोभिड– १९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै महामारीपछि दुई देशका संसद्, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरू पुनः क्रियाशील हुने विश्वास राखेका थिए।

राजदूत म्यानले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड– १९ बाट संक्रमित नभएको जानकारी दिएका थिए ।