१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २४ सोमबार १९:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादवको दाबी– ओलीलाई पदमा बस्न नैतिकताले दिँदैन, अब अर्को आन्दोलन हुन्छ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार १९:५०:००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा यादवले भने, ‘आफैँले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलीको नैतिकताले दिँदैन ।’ 

प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारविरुद्ध अर्को आन्दोलन गर्नुपर्ने उनले बताए । अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलनको आवश्यकता रहेको र जनता समाजवादी पार्टी नेतृत्व लिन तयार रहेको उनको भनाइ छ  । 

नेता राजकिशोर यादवले इतिहासको हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउँदै अधिकारको लडाइँमा साथ दिन आग्रह गरेका थिए । 

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा रहेको मन्त्री यादवको दाबी छ ।