मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २४ सोमबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्क र स्यानिटाइजर बोकेर कांग्रेस नेता जोशीले थाले घरदैलो अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २४ सोमबार १९:१०:००

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना तथा स्वास्थ्य सामग्री वितरणका लागि घरदैलो अभियान थालेका छन् । सर्वोच्च नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्तीको अवसर पार्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अध्यक्षसमेत रहेका जोशीले काठमाडौं क्षेत्र नं. ८ मा सोमबारबाट घरदैलो अभियान सुरु गरेका हुन् । 

अभियानका क्रममा कोरोना महामारीका वेला मतदाताको घरदैलोमा पुगेर सतर्कता अपनाउन आग्रह गर्ने, सचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, निःशुल्क मास्क, स्यानिटाइजर र औषधि वितरण गर्ने उनले बताए । यस्तै, होम आइसोलेसनमा बसेका संक्रमितहरूको जटिल अवस्था भए अक्सिमिटरसमेत उपलब्ध गराउने नेता जोशीले बताए । 

‘मतदाताका घरदैलोमा चुनावमा मात्र हाेइन, आपत्विपत् पर्दा पनि हामी राजनीतिज्ञहरू उपस्थित हुनुपर्छ,’ नेता जोशीले भने, ‘मुख्यतः बढ्दो कोभिड–१९ को संक्रमणबाट बच्न जनचेतना फैलाउने र घरदैलोमै पुगेर कम्तीमा माक्स लगाउन प्रोत्साहन गर्ने गरी अभियान थालेको हुँ ।’  सबै राजनीतिज्ञहरूले आ–आफ्नो क्षेत्रमा यति मात्रै प्रयास गरे पनि कोरोनाविरुद्धको संकट जित्न सम्भव हुने उनको भनाइ छ । 

अभियानअन्तर्गत गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संयोजनमा संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने टेलिसेन्टरसमेत सञ्चालनमा ल्याइएको छ । टेलिसेन्टरबाट बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गरिने अध्यक्ष जोशीले बताए । टेलिसेन्टरमार्फत सर्वसाधारणले जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा. भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सकको परामर्श सेवा पाउनेछन् । कोरोना महामारी नियन्त्रण नभएसम्म टेलिसेन्टर निरन्तर सञ्चालन हुनेछ ।