१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ कार्तिक २४ सोमबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितुवाको आक्रमणबाट किशोरीको ज्यान गयो

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ कार्तिक २४ सोमबार १७:१४:००

डडेल्धुरामा चितुवाको आक्रमणबाट फेरि एक किशोेरीको मृत्यु भएको छ ।  बैतडीको शिवनाथ गाउँपालिका– ४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ। 

घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका– १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल डडेल्धुरा जनाएको छ । अहिले डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतिर गएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । 

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।