मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २४ सोमबार ०७:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जर्मनीका राजदूतसँग नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन आग्रह

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार ०७:२७:००

नेपाल उद्योग वाणिज्य महासंघले जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खड्कासँग नेपालको आर्थिक विकासका लागि गर्न सकिने कामको विषयमा छलफल गरेको छ । महासंघले खड्कालाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै छलफल गरेको हो ।

नवनियुक्त राजदूत खड्काले देशको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्ने बताएको जनाइएको छ । उनले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने उनले बताए ।

देशले अघि सारेको रणनीतिअनुसार जर्मनीमा रहेर आफूले नवीनतम तवरले आर्थिक कूटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्य गर्ने उनको भनाइ थियो । 

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले नवनियुक्त राजदूतको महासंघ सचिवालयमा स्वागत गर्दै आर्थिक, व्यावसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरेको महासंघले जनाएको छ ।