मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०८:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आविष्कार केन्द्रलाई युवा सजगता अभियानको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०८:२२:००

युवा सजगता अभियानले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका वेला विभिन्न उपकरण तयार गरी सहयोग गरिरहेको केन्द्रलाई अभियानले सहयोग गरेको हो ।

 ‘युवा सजगता अभियानको पालो, रु. ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका तीन सय ४० जना सदस्यबाट उठेको १० हजार दुई सय रुपैयाँ आविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले बताए । अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले आविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो । 

अध्यक्ष पौडेलले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ ।’ युवा सजगता अभियानले आफ्नो संगठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।