सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले सचिवालयको बैठक बोलाउन माग गरेकै भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा यो भेट भएको हो ।
स्रोतका अनुसार छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । छलफल अहिले पनि जारी रहेकाे स्राेतले जनाएकाे छ ।
छलफलका लागि प्रधानमन्त्री ओलीकै तर्फबाट बोलावट भएपछि नेता नेपाल बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
उनीहरूबीच नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि कात्तिक ४ र ११ गते ओली र नेपालबीच भेट भएको थियो ।