Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक २२ शनिबार २२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २२ शनिबार २२:३०:००

डेमोक्रयाट उम्मेदवार जो बाइडेन अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावमा विजयी भएका छन् । 

दुई सय ७३ इलेक्टोरल मत सुनिश्चित गरेपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सिएनएनले घोषणा गरेको छ । 

अझै पाँच राज्यको मत आउन बाँकी छ । अमेरिकामा मतदाताले राज्यबाट इलेक्टोरल भोट छान्छन् र जुन उम्मेदवारले दुई सय ७० वा त्यसभन्दा बढी इलेक्टोरल भोट पाउँछन्, उही अमेरिकाको राष्ट्रपति हुन्छ ।

यसपटक चुनावअघिका अधिकांश मत सर्वेक्षणले डेमोक्रयाटका उम्मेदवार बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, मतगणना भने मतसर्वेक्षणको अनुमानविपरीत निक्कै प्रतिस्पर्धात्मक देखिएको थियो । कडा प्रतिस्पर्धाबीच बाइडेनले जित निकालेका छन् ।