१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १८:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा फुटाउने सपना नदेखे हुन्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १८:३४:००

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने– हामी पार्टी एकताका लागि जुटेका हौँ, नेकपा फुटाउने सपना नदेखे हुन्छ, यो एकता त्यति कमजोर धरातलमा छैन । 

प्रधानमन्त्री केपी ओलीसँग विवाद बढ्दै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाएको अनौपचारिक बैठकमा सचिवालयका नाैमध्ये पाँचजना अर्थात् बहुमत सदस्य सहभागी थिए । करिब एक घन्टाको अनौपचारिक बैठकमा प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए । 

अनौपचारिक बैठकले ओलीलाई सामूहिक भेटमार्फत केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।