१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्यौपाने
२०७७ कार्तिक २१ शुक्रबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्लभ हिउँचितुवाको आहारा मानिने नावरको गणना गरिँदै

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७७ कार्तिक २१ शुक्रबार १४:५६:००

नेपालकै ठूलो शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नावरको गणना गर्ने भएको छ ।

विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रूरुपमा रहेको नावरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायतका ६ वटा नावर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ ।

गणनाका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, चोरी सिकारी नियन्त्रण समिति, विश्व वन्यजन्तु कोषका प्रतिनिधि, हिउँचितुवा संरक्षण समितिसहितको ६५ जनाको टोली परिचालन गरिने जनाइएको छ ।

निकुञ्जको एक हजार तीन सय ६६ वर्गकिलोमिटर क्षेत्रमा पुगेर नावर गणना गरिनुका साथै गणनामा जाने टोलीलाई विशेष तालिमसमेत दिइने बताइएको छ ।

करिब दुई हप्ता समय लगाएर नावरको गणना गरी तीनदेखि चार महिनाभित्र संख्या सार्वजानिक गरिने निकुञ्जले जनाएको छ । 

अबको एक–दुई दिनभित्रै गणनाका लागि टोली हिँड्ने बताइएको छ । 

प्रत्येक वर्ष गरिँदै आएको नावर गणनाले हिउँचितुवा तथा नावर संरक्षणको वर्तमान अवस्था बुझाउनुका साथै कार्यालयलाई सोहीअनुसारको सुरक्षा रणनीति अपनाउन सहयोग पुऱ्याउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

सन् २०१८ मा  निकुञ्जको डोल्पा क्षेत्रमा दुई हजार सात सय दुई र सन् २०१९ मा चार हजार एक सय ३६ वटा नावर गणना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौडेलले बताए ।

शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक र प्राविधिक सहयोगमा नावर गणना गर्न लागिएको हो ।

नावर गणनाले दुर्लभ वन्यजन्तु हिउँचितुवा र नावरको संख्या आकलनमा समेत ठूलो सहयोग पुऱ्याउने निकुञ्जले जनाएको छ ।

शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्ज नेपालका अन्य संरक्षण क्षेत्रहरूभन्दा सबैभन्दा धेरै हिउँचितुवाको घनत्व भएको निकुञ्जकाे रूपमा समेत परिचित छ ।