बिहीबार बर्षा, हिमपात तथा पहिरोको सम्भावना, सतर्क रहन आग्रह
बिहीबार उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।
पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्ने समेत जनाएको छ । बुधबार पश्चिमि भूभागमा पूर्ण, मध्य भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको सूचना अनुसार बिहीबार दिउँसो भने पहाडी भागमा हल्कादेखि भारी वर्षा र हिमाली तथा पहाडी क्षेत्रमा मध्यम हिमपात हुने संभावना छ ।
बिहीबार राति देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना छ । पहाडी क्षेत्रमा ठूलो वर्ष हुन सक्ने भएकाले हिमपहिरोको समेत सम्भावना छ ।