मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १३:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेपाल’ नामका अगाडि कुनै विशेषण जोड्नु आवश्यक छैन : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १३:२३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’अगाडि विशेषण जोड्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले भनेको छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि कुनै विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ ।'

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नामअगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रस्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’ 

केही दिनयता नेपाल राजपत्रमा नेपालको नामकरणसम्बन्धी प्रकाशित सूचनालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । 

संघीयता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम  ‘नेपाल’ हो।नामको अगाडि विशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ

— Kamal Thapa (@KTnepal) November 6, 2020