१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १२:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यबाट निमुखालाई वञ्चित गर्नुहुँदैन : सांसद श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १२:२८:००

सांसद उमेश श्रेष्ठले सरकार जनताको उपचारबाट पन्छिएको भन्दै निमुखाहरूलाई स्वास्थ्याेपचारबाट वञ्चित गर्न नहुने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले हेल्थ इमर्जेन्सी लागू गर्ने पनि बताए ।

त्यस्तै, काेराेना नियन्त्रणका लागि एकद्वार प्रणालीबाट अघि बढ्नु पर्ने उनले बताए । 

श्रेष्ठले भने, ‘संक्रमण बढ्दो स्थितिमा छ । भ्याक्सिन नआउँदासम्म तीन–चार लाख पुग्ने विज्ञ अनुमान गर्छन् । सरकारले उपचार गर्न नसक्ने । सरकारले हात छाडेको अनुभव हुन्छ । हस्पिटलमा बेड छैन । भेन्टिलेटर आइसियू छैन । सर्वाेच्च अदालतले पनि आदेश दिइरहेको छ । सबै बजेट काटेर भए पनि स्वास्थ्यमा लगाउनुपर्ने हुन्छ । संक्रमण दर पिसिआर नभएर थोरै देखिएको हो । यो रोग बढ्ने क्रम धेरै छ । हेल्थ इमर्जेन्सी लागू गर्नुपर्छ ।’

उनले भने, ‘वन डोर सिस्टमबाट अघि बढ्नुपर्छ । बिच बाटोमै बिरामीलाई मर्न दिनु हुन्न ।’ स्वास्थ्यबाट निमुखालाई वञ्चित गर्न नहुने श्रेष्ठको भनाइ थियो । ‘कोभिड लागेको मान्छे घरमा जान्छ । रोग बढेर निमोनिया हुन्छ । रोग लागेर अस्पताल खोज्दाखोज्दै मान्छे मर्छ । आफैँ उपचार गर सरकारले सक्दैन भन्ने नेगेटिभ म्यासज हाेइन, पोजिटिभ म्यासेज दिऊँ । स्वास्थ्यबाट निमुखालाई वञ्जित गर्नुहुँदैन । स्वास्थ्य उपचार पाउने अधिकारको कुरा हो ।’