१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २१ शुक्रबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा कक्षा ११ को परीक्षा हुने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ०८:०३:००

लमजुङमा सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार लमजुङका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्न लागेका हुन् ।  कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर लमजुङका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । 

बेसीसहर नगरपालिका– २ भकुण्डेमा रहेको बालकल्याण माविले पनि कात्तिक २३ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक तीर्थ न्यौपानेले जानकारी दिए । 

विद्यालयका शिक्षकमा कोरोना नदेखिएका विद्यालयले परीक्षा सञ्चालन गर्ने भएका हुन् । जिल्लाका अधिकांश विद्यालयले कात्तिक २३ गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन् । बेसीसहरमा रहेको जनविकास माविले पनि फोन र  सामाजिक सञ्चालमार्फत विद्यार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेको छ । 

महामारीको सन्त्राससँगै कक्षा ११ को परीक्षा दिन विद्यालयमा पुग्ने विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइने मर्स्याङ्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबाबु थापाले बताए । उनले भने, ‘कात्तिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन हुने भएकाले सबै विद्यार्थीलाई परीक्षाबारे जानकारी गराइएको छ ।’