मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमितलाई निःशुल्क उपचारकाे बाटाे खुला  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार १६:०९:००

सर्वोच्च अदालतले निःशुल्क काेराेना परीक्षण र उपचार गर्न दिएकाे आदेशउपर स्वास्थ्य मन्त्रालयले दिएको पुनरावलोकन निवेदन हेर्न अस्वीकार गरेको छ ।

मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले हालेको पुनरावलोकन निवेदनमा बिहीबार सर्वाेच्चले निस्सा नदिने निर्णय गरेकाे हो । 

न्यायाधीश सपना प्रधान मल्ल, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो ।

यसअघि ‘निःशुल्क कोरोना परीक्षण र उपचार गर्नू’ भनी सर्वोच्चले दिएको आदेशमाथि स्वास्थ्य मन्त्रालयले पुनरावलोकन निवेदन दिएको थियो । 

अब सरकारले कोरोना परीक्षण र उपचारका लागि शुल्क लिन पाउनेछैन ।