१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १९ बुधबार १९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्रीको निर्देशन– इन्टरनेटमा समस्या भए बोर्डमै लेखेर कक्षा १२ को परीक्षा लिनू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १९ बुधबार १९:५३:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा भिडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गा पौडेल र मन्त्रालयका सहसचिव दीपक शर्मालगायतको बुधबार भएको बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । 

पोखरेलले इन्टरनेटमा समस्या भएमा विद्यालयले मोबाइल डाटामार्फत प्रश्न हेर्ने र बोर्डमा लेखेर परीक्षा लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँचवटा केन्द्र निर्धारण गरिएको छ । कोरोना महामारीका कारण विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउनेछन् । 

स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत र जिल्ला विकास तथा समन्वय इकाइलाई परीक्षालाई थप व्यवस्थित बनाउन निर्देशन दिने निर्णय पनि भएको शिक्षामन्त्री पोखरेलको सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।